काठमाडौं भ्रमण सफल भयो : मुख्यमन्त्री केसी

diyopost.com
दियो पोस्ट  शुक्रबार, भाद्र २५, २०७८ | २०:१७:१३

मानसिंह विश्वकर्मा
लिबाङ, २५ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले आफ्नो काठमाण्डौंको २ दिने भ्रमण निकै उपलब्धी मुलक रहेको बताएका छन् ।

उनले लुम्बिनी प्रदेशको समृद्धिका लागि प्रधानमन्त्री शेरबहादुर देउवा एवं राजनीतिक उच्च नेतृत्वतहको भेटघाटले लुम्बिीनीको विकास एवं समृद्धीका लागि नयाँ ढोका खोलेको बताए । प्रधानमन्त्री लगायत पार्टीका उच्च नेताहरुको लुम्बिनी प्रदेशको विकासका लागि सकेजति पहल गर्ने विश्वास व्यक्त गरेको मुख्यमन्त्री केसीले बताए ।


उनले सम्बृद्धि लुम्बिनी प्रदेशको निर्माणको लागि उच्च राजनीतिक सहमतिलाई कायम गर्दौ मन्त्रिपरिषद गठन, लुम्बिनी प्रदेश सरकारको बजेट तथा कार्यक्रमका बारेमा छलफल भएको बताए ।

उनले लुम्बिनी प्रदेश सरकारले प्रदेशबासीको हितमा हुनेगरी लिन लागिएको बजेटबारेमा केन्द्र सरकारसँग पनि छलफल गरेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवासंग गरिएको भेटमा विकासका हरेक योजनामा लुम्बिनी प्रदेशलाई प्राथमिता प्रदान गर्नका लागि अनुरोध गरे ।

लुम्बिनी प्रदेश देशकै नमूना प्रदेश बनाउनको लागि आफू लागि रहेको बताउँदै केन्द्र सरकारसँग पनि माग गरेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि लुम्बिनी प्रदेश सरकारको नीति तथा योजनालाई सफल बनाउनको लागि आफू हरदम तयार रहेको प्रतिक्रिया दिए ।

सम्बन्धित खबर