पुस्तक ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ विमोचन

diyopost.com
दियो पोस्ट  सोमबार, भाद्र २८, २०७८ | १:०३:४६

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य परशुराम तामाङद्वारा लिखित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ पुस्तक विमोचन भएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यता र नेकपा (एकीकृत सामाजवादी) का अध्यक्ष माधव नेपालको विशेष आतिथ्यतामा पुस्तक विमोचन गरिएको हो ।

आईतबार कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा एक समारोहका बिच विमोचन गरिएको उक्त पुस्तकमाथि बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयोजक विश्वभक्त दुलाल आहुति, माओवादी केन्द्रका नेता राम कार्की र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बन्धु चन्दले टिप्पणी गरेका थिए ।

जागरण बुक हाउसले प्रकाशन गरेको उक्त पुस्तक नेपाली कम्युनिष्ट आन्दोलनप्रति रुची राख्नेहरुका लागि महत्वपूर्ण हुने बक्ताहरुले बताएका छन् ।

सम्बन्धित खबर