काठमाडौं, ३० भदौ । गायिका प्रतिमा केसीको नयाँ गीत ‘भन्देउ हजुर’ सार्वजनिक भएको छ । नेपाली गित संगित क्षेत्रमा पछिल्लो समय चर्चामा रहेकी केसीको ‘भन्देउ हजुर’ बोलको नयाँ गीत बुधबार आहा टिभी युट्युब च्यानलबाट सार्बजनिक भएको हो।
सार्वजनिक भएको गितमा प्रतिमालाई राग पौडेलले साथ दिएका छन् । सिएल शर्माको संगीत रहेको गीतमा संजीव बरालीले एरेन्ज गरेका छन् ।
सिर्जन बरालले निर्देशन गरेको गीतको भिडियोमा चर्चित मोडल निरुता शाही र जिबी चिरनले फिचरिङ गरेका छन् । उनीहरुलाई दिनेश कठायत र दीपक सापकोटाले पनि साथ दिएका छन् । भिडियो दिनेश रजालीले खिचेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेका हुन् ।
गायिका प्रतिमाको यो दोस्रो गीत हो । यसअघि उनले प्रविण बेडवालसँग ‘माया लाइसक्यो’ गीत ल्याएकी थिइन् । प्रतिमाका ‘आमा’, ‘लजाएर लुकी लुकी’, ‘रिम झिम’, ‘उड्ने पिलेन’ गीत बजारमा ल्याउने तयारीमा छिन् ।
हेर्नुहोस् भिडियोमा: