अफगानिस्तानको कान्दहारमा तालिबानद्वारा घर खाली गर्ने उर्दी

तालिबानको विरोधमा हजारौं स्थानीयद्वारा प्रदर्शन

diyopost.com
एजेन्सी
  बिहिबार, भाद्र ३१, २०७८ | १:४५:००

काठमाडौं, भदौ ३० । तालिबानले अफगानिस्तानको कान्दाहारका विभिन्न घर खाली गर्न उर्दी जारी गरेको छ । सोही उर्दीको विरोधमा कान्दाहारमा हजारौं नागरिकले बुधबार विरोध प्रदर्शन गरेका छन्।

तालिबान नेतृत्वमा रहेको अफगानिस्तान सरकारका प्रान्तीय अधिकारीहरूले अफगानिस्तानको राष्ट्रिय सेनाले बसाएको बस्तीमा रहेका परिवारहरूलाई तीन दिनमा आफ्नो घर खाली गर्न आदेश दिएको हो । उक्त आदेशको विरोधमा प्रदर्शन भएको न्युज प्रेस एजेन्सी द खामाले जनाएको छ।

‘हामी यो ठाउँमा बस्दै आएको २० वर्ष भयो, यो सरकारी ठाँउ हो भन्ने कुरामा हामी सहमत छौं तर हामीले यहाँ घर बनाएका छौं। तालिबानले हामीले यी घरहरू खाली गर्नुपर्छ भन्दै आएको धेरै दिन भइसक्यो,’ एक प्रदर्शनकारीलाई उद्धृत गरी टोलोन्युजले उल्लेख गरेको छ।

अगष्ट १५ मा तालिवानले अफगानिस्तानलाई आफ्नो कब्जा गरेको थियो । सत्ता हातमा लिएसँगै अफगानिस्तानमा तापलिवानले आफ्नो शासन सुरु गरेको छ । तालिबानले अफगानिस्तानलाई ‘इस्लामिक इमिरेट्स’ घोषणा गरेको छ । ्

सम्बन्धित खबर