हिमेश पन्तलाई ‘कमेडि च्याम्पिएन’ बनाउन बेनिघाट रोराङ गाउँपालिकाबाट सरकारी बजेटको दुरुपयोग !

diyopost.com
दियो पोस्ट  शुक्रबार, आश्विन ०१, २०७८ | २०:३२:२७

काठमाडौं । कमेडि च्यापियन बनेका हिमेश पन्तलाई जिताउन सरकारी ढुकुटीबाटै हजारौँ रकम खर्च भएको पाइएको छ । धादिङको जोगिमारा घर भएका पन्तलाई अनलाइन भोटिङबाट जिताउन बेनिघाट रोराङ गाउँपालिकाले आधा लाख रुपैयाँ भन्दा बढी रकम खर्चिएको पाइएको हो ।

महालेखा परिक्षिकको ५८ औँ प्रतिवेदनले अनियमितता भएको भन्दै औँल्याएको बेरुजु मध्ये पन्तलाई जिताउन गरिएको रकम समेत उल्लेख छ ।

गाउँपालिकाले २०७६ चैत्र १९ गते (भौचर नम्बर २४०) लजिक कम्प्युटरको नाममा ५१ हजार रुपैयाँ बजेट विनयोजन भएको छ । उक्त साइबरले पन्तलाई जिताउन अनलाइन भोटिङ गरेको थियो ।

गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले निर्णय गरि ११ वटा संस्थाको नाममा ७ लाख ७८ हजार रुपैयाँ मनोमानी खर्च गरेका छन् । उक्त खर्चमा मितव्ययिता नभएको महालेखाको ठहर छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानिय तहबाट आर्थिक सहायता, एवं संस्थागत सहयोग अनुदान वितरण गर्न नपाइने व्यवस्था छ ।

गत वर्ष सम्पन्न कमेडी च्याम्पियन प्रतियोगीतामा धादिङका पन्तले जितेका थिए ।

सम्बन्धित खबर