हिरासतमा आत्मसमर्पण गरेको भन्दै विप्लव समुहद्वारा नुवाकोटमा कार्यकर्तामाथि कारबाही !

diyopost.com
दियो पोस्ट  शनिबार, आश्विन ०२, २०७८ | २२:३२:५२

 

काठमाडौं, २ असोज । पक्राउ पछि हिरासतमा रहँदा पार्टी परिवर्तन गरेको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले एक जना नेतालाई कारबाही गरेको छ । कारबाही पर्नेमा विप्लव नेकपाका शिक्षक नेता रहेका छन् । नुवाकोटको बेलकोटगढी घर भएका शिक्षक नेता केशव प्रसाद बास्कोटालाई विप्लव समुहले पार्टी हित विपरित माओवादी केन्द्रमा प्रवेश गरेको भन्दै कराबाही गरेको हो ।

उनी विप्लव समुह छोडेर नेकपा माओवादी केन्द्रको शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनको सदस्य बनेको विप्लव समुहको अरोप छ ।
उनलाई कारबाही गर्ने पत्रममा ईन्चार्ज बताउने विन्दु र सेक्रेटरीब ताउने सृजनले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित खबर