चितवनका ‘दलित पत्रकार’लाई प्रेस ज्याकेट वितरण

diyopost.com
दियो पोस्ट  शनिबार, आश्विन ०२, २०७८ | २२:४४:३३

चितवन-२,असोज । राष्ट्रिय दलित पत्रकार संघ (नेपाल) चितवन शाखाले संघमा आवद्ध २० जना क्रियाशील दलित पत्रकारहरूलाई चितवन शाखाको लोगो अंकित प्रेस ज्याकेट वितरण गरेको छ । होटल ‘हेप्पी होम’ नारायणगढमा शनिबार एक कार्यक्रमको आयोजना गरी प्रेस ज्याकेट वितरण गरिएको हो ।

कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्नको लागि सरकारले जारी गरिरहेको निषेधाज्ञामा पत्रकारहरुलाई समाचार संकलनमा बाहिर हिड्डुल गर्न सहज होस् भन्ने उद्देश्यले प्रेस ज्याकेट वितरण गरिएको राष्ट्रिय दलित पत्रकार संघ (नेपाल) चितवन शाखा अध्यक्ष अमिर रामदामले बताए ।

युवा व्यवसायी तथा गौतम सुनचाँदी पसल पूर्वी चितवन टाँडीका संचालक दीपक गौतमको आर्थिक सहयोगमा जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत दलित पत्रकारहरूलाई उक्त प्रेस ज्याकेट वितरण गरिएको बताईएको छ । ज्याकेट संघका सम्पूर्ण कार्यसमिति, सल्लाहकार, बागमती प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधिलाई वितरण गरिएको छ ।

सम्बन्धित खबर