नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ विवादमा : एउटै बहस बापत महानगरबाट सवा लाख लिएको खुलाशा !

diyopost.com
दियो पोस्ट  सोमबार, आश्विन ०४, २०७८ | १६:१६:४८

काठमाडौं, ४ असोज । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले आफू निकट व्यक्ति तथा संस्थाहरुलाई मनोमानी रकम बाँढेका छन् ।

त्यसरी रकम पाउने मध्ये नेपाल बार एशोसियशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ समेत रहेको पाइएको छ । श्रेष्ठले महानगरबाट एउटै बहस गर्दा १ लाख रुपैयाँ भन्दा बढी रकम भुक्तानी लएको महालेखा परिक्षकको ५८ औँ प्रतिवेदनमा उल्लेख छ ।

युनाइटेड बिल्डर्स एण्ड इन्जिनियरिङ प्रा.ली प्रतिवादी मएको उम्प्रेषण परमादेश सम्बन्धी मुद्दामा महानगरका तर्फबाट सरकारी तलब खाने वकिल हुँदा हुँदै श्रेष्ठको स्वामित्व रहेको सृजना ल फर्मलाई हायर गरेको थियो ।

महानगरपालिका श्रेष्ठलाई २०७६ कार्तिक ५ र १४ गतेको बहसको लागि भौचर नम्बर १२१२२६ मा भ्याटसहित १ लाख १३ हजार रुपैयाँ भुक्तानी गरेको हो ।

उक्त मुद्दाको बहसमा फर्मलाई बहस गरेबापत महानगरले कति रकम तोकेको भन्ने कागजात समेत नभएको कारण श्रेष्ठले पाएको रकम बेरुजुमा परेको छ ।

 

सम्बन्धित खबर