धादिङ । नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा भएको नेतृत्व छनौट प्रक्रिया प्रति असन्तुष्टि जनाउँदै दर्जनौँ कार्यकर्ताले पार्टी छाडेका छन् ।
धादिङको खनियावास गाउँपालिकाका २ दर्जन कार्यकर्ता पार्टी छाडेको घोषणा गरेका हुन् ।
आइतबार खनियाबास ३ का वडा सभापतिलाई हरि तामाङको नेतृत्वमा राजिनामा पेश गरिएको हो ।
२०४५ सालदेखि नेपाली कांग्रेसको विभिन्न भातृ संगठनमा रहेर क्रियाशिल रहेका तामाङको नेतृत्वमा २३ जना क्रियाशिल सदस्यले पार्टी परित्याग गरेका छन् ।
उनीहरुले पार्टीले विधानसम्मत गाउँपालिका कार्य समिति चयन नगरेको र एकलौटी ढंगबाट आफूअनुकुल पदाधिकारी चयन गरेको आरोप लगाएका छन् ।
यस्तो छ राजिनामा पत्र
