बलात्कार आरोपी सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति

दियो पोस्ट  

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।

दसैंको टीकाको भोलिपल्ट गत बिहीबार (२० असोज) मा पक्राउ परेका सन्दीपलाई थप सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुमति दिएको हो ।

सन्दीपलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

गत २१ भदौमा एक नाबालिगका आफन्तले सन्दीपविरुद्ध बलात्कारको उजुरी प्रहरी वृत्त गौशालामा दर्ता गराएका थिए ।

सम्बन्धित खबर