बैंकिङ कसुरका कारण रुकुम पश्चिमको प्रदेशसभामा कांग्रेसको उम्मेदवारी खारेज

दियो पोस्ट  

काठमाडौं ।  रुकुमपश्चिम प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ ।

सरकारवादी फौजदारी बैंकिङ कसुरको मुद्दामा उच्च अदालत सुर्खेतबाट उनी दोषी ठहर भइ सजाय पाएका थिए । सोहीकारण उम्मेदवार हुन अयोग्य भएको भनी हिजो मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुमपश्चिममा माओवादी केन्द्रका प्रदेशसभा (ख) का उम्मेदवार राजकुमार शर्माको तर्फबाट दावी विरोधको उजुरी परेको थियो ।

शर्माको उजुरीमाथि छानबिन गर्दै निर्वाचन आयोगले ओलीको उम्मेदवारी खारेज हुने निर्णय गरेको हो । ओली कांग्रेस रुकुमपश्चिमका जिल्ला सभापति हुन् ।

ओलीले भने विचाराधिन मुद्दाको विषयलाई लिएर आयोगले जनार्दन शर्माको प्रभावमा परेर निर्णय गरेको प्रतिक्रिया दिए । ‘आयोगको यो निर्णयविरुद्ध म सर्वोच्च जान्छु,’ ओलीले भने ।

सिफारिस