सञ्जय दत्तको साउथ मोह !

दियो पोस्ट  

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्त आफ्नो फिल्मलाई लिएर चर्चाको पात्र बनिरहन्छन् । उनले बलिउडसँगै साउथका फिल्ममा पनि अभिनयको कमाल देखाइसकेका छन् ।

सञ्जय साउथ फिल्म ‘केजीएफ २’ मा महत्वपूर्ण भूमिकामा देखिएका थिए । उनको यो भूमिकालाई दर्शकले निकै मन पराएका थिए । यशको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म बक्स अफिसमा सुपरहिट साबित भएको थियो ।

सञ्जय अर्को एक कन्नड फिल्ममा अभिनय गर्दैछन् । सञ्जयले बलिउडमा कैयौं हिट फिल्म दिएका छन् । उनले हालै मात्र बलिउडको आधारलाई बिर्सन नहुने बताउँदै साउथ फिल्मको निर्माण र शक्तिको तारिफ गरेका छन् ।

‘म अरू साउथ फिल्ममा काम गर्न चाहन्छु । साउथमा धेरै प्यासन र इनर्जीका साथ फिल्म बनाइँदैछ’, सञ्जयले भनेका छन् । सञ्जय कन्नड फिल्म ‘केडी–द डेविल’ काम काम गरिरहेका छन् ।

कन्नड फिल्म पछि सञ्जयको तमिल फिल्म पनि आउँदैछ । उनी फिल्म ‘थलापति ६७’बाट तमिल फिल्ममा पाइला चाल्दै छन् ।

सम्बन्धित खबर