‘राजतन्त्र पुनःस्थापना गर्नु एमालेको उदेश्य हो’

दियो पोस्ट  

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको उद्देश्य गणतन्त्र उल्ट्याएर राजतन्त्र पुनःस्थापना गर्ने बताएका छन् ।

सुदूरपश्चिम स्तरीय सत्ता गठबन्धनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीच हुने बताउ ।

‘हाम्रो गठबन्धन विशिष्ट परिस्थितिमा ठूलो संकटबीच बनेको हो, सबै उपलब्धिहरू धारापमा थियो, लोकतन्त्र, संविधान र गणतन्त्र जोगाउन गठबन्धन भएको हो, योपटक हाम्रो मुख्य मुद्दा संविधानको रक्षा, स्थिरता र विकास हो,’ उनले भने ।

उनले आगामी निर्वाचनमा सानातिना कुरालाई थाँती राखेर गठबन्धनलाई विजयी गराउन आग्रह गरे । उनले भने, ‘गठबन्धनलाई विजयी गराउनु भनेको संविधान र लोकतन्त्रलाई जिताउन हो ।’

सम्बन्धित खबर