जन्तेढुंगा गाउँपालिकाका पूर्वअध्यक्ष राईको निधन

दियो पोस्ट  

काठमाडौँ । सडक दुर्घटनामा गम्भीर घाइते भएका जन्तेढुंगा गाउँपालिकाका पूर्वअध्यक्ष शंकरबहादुर राईको निधन भएको छ ।

मोटरसाइकलको पछाडि बसेर इटहरीबाट विराटनगरतर्फ जाने क्रममा गत २ भदौमा हलगडा चोकमा पछाडिबाट आएको बा २ क ५३२५ नम्बरको माइक्रो भ्यानले ठक्कर दिँदा गम्भीर घाइते भएका राईको सोमबार निधन भएको हो ।

उनी एमाले खोटाङका सचिवालय सदस्य पनि हुन् ।

सिफारिस