काठमाडौँ । दीपावलीको झिलिमिली बत्ती जोड्ने क्रममा करेण्ट लागेर जनकपुरधाममा दुई जनाको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगर २२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र वडा नम्बर ९ का सुभाष यादवका १४ वर्षीय छोरा शिवराज यादवको करेण्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मिश्र र यादव दुवै जनालाई झिलिमिली बत्ती जोड्ने क्रममा आफ्नै घरमा करेण्ट लागेको धनुषा प्रहरीको भनाइ छ । उनीहरूको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।