निर्वाचन आयोगको प्रश्न : ‘शीर्ष नेताहरुले चढेको हेलिकप्टर खर्च कसले ब्यहोर्छ ?’

दियो पोस्ट  

काठमाडौं । निर्वाचन आयोगले चुनावी कार्यक्रममा जाँदा शीर्ष नेताहरुले चढेको हेलिकप्टर खर्च कसले बेहोर्छ भनी सरकारलाई प्रश्न गरेको छ । आयोगले सोमबार विज्ञप्ति निकालेर यसबारे जवाफ दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयलाई भनेको छ ।

आइतबार सुर्खेतमा आयोजित सत्तारुढ गठबन्धनको भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरु हेलिकप्टरबाट गएका थिए । यसबारे सोमबार नै आयोगले प्रधानमन्त्री कार्यालयसँग जवाफ माग गर्ने निर्णय गरेको हो ।