भरतपुरमा शंकास्पद झोला भेटियो, पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध

दियो पोस्ट  

चितवन । भरतपुरको नयाँ मेडिकल कलेज अगाडि शंकास्पद झोला भेटिएपछि पूर्व–पश्चिम राजमार्गमा प्रहरीले सवारी साधन रोकेको छ ।

बम राखेको आशंकामा प्रहरीले बाटोमा सवारी साधन रोक्नु परेको बताएको छ ।

मूल सडकमा शंकास्पद झोला भेटिएपछि प्रहरीले सवारी साधन रोकेर अनुसन्धान थालेको हो ।

भरपुरका एसपी नवराज अधिकारीका अनुसार करिब एक घन्टा अघि शंकास्पद झोला भेटिएपछि दुईतर्फी नै सवारी साधन रोकेर शंकास्पद झोला डिस्पोज गराउन थालिएको छ ।

शंकास्पद वस्तु डिस्पोज गर्न सेनाको टोली घटनास्थल आइपुगेको उनले बताए ।

सम्बन्धित खबर