क्यान्सर पीडित बालबालिकाको उपचारका लागि ६०० किलोमिटर एक्लै साइकल यात्रा 

दियो पोस्ट  

काठमाडौं । साइकलिस्ट समीर श्रेष्ठले क्यान्सर पीडित बालबालिकाको उपचारका लागि ६०० किलोमिटर साइकल यात्रा गर्ने भएका छन् । ६ नोभेम्बर (२० कात्तिक) मा काठमाडौं देखि इलामसम्म उनले साइकल यात्रा गर्न लागेका हुन् ।

‘दीर्घजीवी भोलेन्टियर ग्रुप’का सञ्चालक समेत रहेका श्रेष्ठले क्यान्सर पीडित बालबालिकाको उपचारका लागि एकल साइकल यात्रा गर्ने बताएका छन् । उनले दियोपोस्टसँग भने,‘नेपाल प्रत्येक वर्ष १६०० भन्दा बढी बालबालिकाहरू क्यान्सरबाट ग्रस्त भएका हुन्छन् । जसमध्ये धेरै जनाले आफ्नो कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न पाएका भने हुँदैनन्, तिनै कमजोर आर्थिक अवस्था भएकाहरूलाई खाना र बस्ने व्यवस्था मिलाउनका लागि नै मैले यात्रा तय गरेको हुँ ।’

यसअघि समेत उनले विभिन्न माध्यमबाट क्यान्सर पीडित बालबालिकाहरूलाई सहयोग गर्दै आएका थिए । यस पटक उनले नयाँ तरिकाले दान सङ्कलन गर्ने प्रयत्न गरेका छन् । ६०० किलोमिटर साइकल यात्रा गरेपस्चात उनले प्रतिबद्धता उनले ६०० किलोमिटर यात्रा गर्नुपुर्व सहयोगीहरु प्रतिवद्धता गर्नेछन् । यात्रा सकिएलगत्तै प्रतिवद्धता गरे अनुरुप सहयोगीहरुसँग सहयोग संकलन गर्ने साइकलिस्ट श्रेष्ठले बताए । उनले यस पटक ५००० डलर जति रकम उठाउने लक्ष्य राखेका छन् ।

उनले जम्मा भएको रकमबाट क्यान्सर पीडित बालबालिकाहरूको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यात्राबारे बुझ्न वा सहयोग गर्नका लागि ९८०८०३९९०१ मा सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।

सम्बन्धित खबर