तारकेश्वरमा जुवाखालबाट दुई लाख बढी नगदसहित ८ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । प्रहरीले काठमाडौंको तारकेश्वरमा ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

तारकेश्वर नगरपालिका पैयौटारस्थित भीमबाबु केसीको घरमा बुधबार राति साढे ११ बजे जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट १६ थान कौडा र नगद दुई लाख ४६ हजार ६८० रुपैयाँ बरामद गरिएको छ ।

प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको ।

सिफारिस