कालीकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु, ३ जना गम्भीर घाइते

दियो पोस्ट  

कालिकोट। कालीकोटको तिलागुफा नगरपालिका-१० रानावाडामा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ। अन्य ३ बालबालिका घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालका अनुसार, कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो ।

गम्भीर घाइते हुनेहरुमा तिलागुफा नगरपालिका-१० रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका छन् ।

उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ । गृहमन्त्री बालकृष्ण खाँणले घाइतेहरुको उद्दार र उपचारका लागि निर्देशन दिएपछि हेलिकप्टर बिहानै कालिकोट पुगेको थियो ।

सिफारिस