कालिकोट बम विष्फोट अपडेट : थप एक बालिकाको मृत्यु

दियो पोस्ट  

कालीकोट । कालीकोट विष्फोटनको घटनामा थप एक बालिकाको मृत्यु भएको छ ।

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१० भएको घटनामा परी घाइते भएकी बालिकाको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा ४ वर्षकी सरस्वती रानाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

घटनामा परी ४ वर्षीया झरना थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनामा परी घाइते भएका तीन जना बालबालिकाको अहिले कर्णाली प्रादेशिक अस्पतालमा उपचार प्रजिअ शर्माले बताए ।

सम्बन्धित खबर