हम्सेदुम्से सहकारीले दूधको ४७ लाख नदिँदा मारमा गाईपालक किसान

दियो पोस्ट  

काठमाडौं । झापाको दमक नगरपालिका–३ ओमशान्ति टोलको चेतन विष्टले तीन वर्षअघि ६० लाख लगानी गरेर गाई फार्म खोले । साउदी अरबबाट घर फर्किएर चेतनले बैंकबाट ऋण लिएर गाईपालन सुरु गरेका थिए ।

दमक–३ मै रहेको हम्सेदुम्से दूग्ध उत्पादन तथा संकलन सहकारीले दुध किनिदिने भएपछि हौसिएर गाईपालन गरेका उनी अहिले भने थाकेका छन् । तर, उनी छोडेर फेरि बिदेशिने योजनामा पुगेका छन् । ‘गाई पाल्यो, दुधको पैसा नै उठ्दैन,’ विष्टले भने, ‘हम्सेदुम्से सहकारीले जेठ देखि पैसा नै नि छाड्यो, दुधको आठ लाख लिन बाँकी छ ।’ १६ वटा गाई पालेका विष्ट हम्सेदुम्से सहकारीलाई दैनिक दुई सय लिटरसम्म दूध दिँदै आएका थिँए । ‘पैसा नभएपछि गाईलाई चपट, पराल र दाना खुवाउन सकिएको छैन । दूध पनि घटेर दैनिक सय लिटरमा झरेको छ,’ उनल भने । उनी विगतमा खर्च कटाएर मासिक एक लाख आम्दानी गर्दै आएका थिए । ‘पराल, दाना चापट र घाँस ल्याएको ठाउँबाट पैसा दैनिक फोन आउँछ, त्यही भएर गाई बेच्ने सोचेको छु,’ उनले भने, ‘एक लाख ६० हजारमा किनेको गाई बेच्द खोज्दा ९० हजार दिन पनि मान्दैनन् । खाना नपाएर गाई दुब्लाएका छन् । त्यही भएर भाउ आएन ।’

सहकारीले दूधको ९ लाख भुक्तानी नदिँदा यस्तो विखलबन्दमाम परेका छन्, दमक–३ का टंकबहादुर कार्की तीन वर्षदेखि ६२ लाखको शान्ति कृषि फार्म खोलेका कार्की सहकारीले दूधको पैसा नदिँदा न त गाई पाल्न सक्ने अवस्थामा छन्, न त गाई फार्म बन्द गर्ने अवस्थामा । पहिले सहकारीले दूधको पैसा नियमित भुक्तानी गर्दा उनको आम्दानी राम्रै थियो । गाईको स्याहार गरेर, बैंकको किस्ता तिरेर पनि परिवार राम्रैसँग पाल्दै आएका थिए ।

हम्सेदुम्से सहकारीले दूधको पैसा किन तिरेन ?

हम्सेदुम्से सहकारीका सदस्य कृषकबाट संकलन गरेको दूध गत जेठसम्म निजि संस्थालाई दिँदै आएको थियो । तर, निजी संस्थाले दूध लिन छाडेपछि अहिले दूध विकास संस्थालाई दिन थालेको छ । विगतमा किसानमा दैनिक १८ सय लिटर दुध संकलन हुँदै आएकामा अहिले दैनिक सात–आठ सय लिटर दूध संकलन भइरहेको सहकारीका अध्यक्ष गेहनाथ पोखरेलले बताए । दुग्ध विकास संस्थाले पैसा नियमित नदिएपछि किसानलाई भुक्तानी गर्न नसकिएको उनको दाबी छ । ‘संस्थाले अहिलेसम्म १८ लाख पैसा दिएको छ । करिब ५० लाख उठेको छैन, ’उनले भने, ‘हामीले किसानलको पनि ४६–४७ लाख बक्यौता भुक्तानी गर्न बाँकी छ । वैकल्पिक व्यवस्था गर्ने निर्णय गरेका छौं । केही दिनदेखि वित्तीय संस्थाबाट ऋण तथा सापटी मागेर किसानको भुक्तानी गछौं ।’

आजको नयाँ पत्रिकामा खबर छ ।

सिफारिस