आफ्ना नागरिकलाई राहत दिन भारतले एक महिनाअघि मात्रै सिलिन्डरमा घटाएको थियो २०० भारु

दियो पोस्ट  

काठमाडौं । ग्यासको मूल्यवृद्धिले नेपालका उपभोक्ता मारमा पर्दा छिमेकी भारतका प्रतिसिलिन्डर २०० भारु अर्थात् ३ सय २० नेपाली रुपैयाँले घटेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको केन्द्रीय सरकार मन्त्रीपरिषद् बैठकले १२ भदैबाट लागू हुने गरी घरायसी प्रयोजनको १४.२ केजीको सिलिन्डरको मूल्य २ सय भारुले घटाएको हो । राजधानी दिल्लीमा ग्यासको मूल्य प्रतिसिलिन्डर ९ सय ३ भारु अर्थात् एक हजार ४ सय ४४ नेपाली रुपैयाँ छ ।

भारतीय सरकारलको यो निर्णयले भारतका ३३ करोडभन्दा बढी ग्यास प्रयोगकर्ताले लाभ लिएका छन् । गरिब जनताका लागि २०१६ देखि सञ्चालित ‘उजाला योजना’ अन्तर्गतका उपभोक्तालाई अझ प्रतिसिलिन्डर ४ सय भारु सस्तो छ ।
उपभोक्तालाई खाना पकाउने ग्यासमा राहत दिने गरी मूल्य घटाउँदा केन्द्र सरकारले ७६ अर्ब भारु नोक्सान खेपेको छ । भारतका तेल कम्पनीहरुले व्यावसायिक प्रयोजनका लागि खपत हुँदै आएको १९ केजी तौलको ग्यासमा समेत प्रतिसिलिन्डर १७५.५ भारु मूल्य घटाएका छन् । उनीहरुले १ सेप्टेबरबाट लागू गर्दै मूल्य घटाएपछि दिल्लीमा व्यावसायिक प्रयोजनको ग्यास सिलिन्डर १५ सय २२ रुपैँया ५० पैसा भारु कायम भएको छ ।

भारत जनतालाई महँगीबाट राहत दिन सरकारले ग्यासको मूल्य कटौतीको घोषणा गर्दा नेपालमा भने महँगीको मार थोपरिएको छ । सरकारकै स्वाभित्वको आयल निगमले ग्यासको मूल्य एक महिनामै ४ सय ५० रुपैयाँ प्रतिसिलिन्डर बढाएर चाडबाडको मुखमा आर्थिक भार थपिदिएको छ । सरकार नागरिकप्रति अभिभाकत्व निर्वाह गर्दै राहत दिनबाट चुकेको छ ।

नयाँँ पत्रिकामा खबर छ ।