भारतको रियल टाइम मार्केटमा बिजुली बेच्न नेपाललाई अनुमति

दियो पोस्ट  

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आईएक्स) को रियल टाइम मार्केटमा विद्युत् विक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ ।

अबदेखि सवा घण्टाअघि मात्र बिडिङ गरी विद्युत् विक्री गर्न पाउने भएको हो । अहिलेसम्म भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा १ दिनअघि प्राधिकरणले बिडिङ गरी बिजुली बेच्दै आएको थियो ।

भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकारणलाई रियल टाइम मार्केटमा विद्युत् विक्री गर्न स्वीकृति दिएको हो । साउमा विद्युत् आयतनियात (क्रश बोर्डर) स्वीकृति तथा सहजीकरणको लागि तोकिएको निकायको रियल टाइम मार्केटमा पनि सहभागी हुन पाउने व्यवस्था गरेको थियो ।

भारतको केन्द्रीय विद्युत् प्राधिकारणले पहिलो चरणमा १९ दशमलब ४ मेगावटको तल्लो मोदी र २४ दशमलव २५ मेगावटको काबेली बी १ जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा विक्रीको अनुमति दिएको छ ।

यी दुवै आयोजनाको विद्युत् अहिलेसम्म डे अहेड मार्केटमा विक्री भइसकेको थियो । डे अहेड मार्केटमा दिइएको अनुमति शनिबार सकिँदै थियो । डे अहेडको नवीकरणका लागि पठाइएकोमा दुई आयोजनाको विद्युत् डे अहेड र रियल टाइम मार्केट दुवैमा विक्रीका लागि अनुमति प्राप्त भएको प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशन प्रबल अधिकारीले बताए । अब दुई आयोजनाको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ ।

आजका आर्थिक अभियान पत्रिकामा खबर छ ।