व्यक्तिगत १५ कम्पनीलाई सेयर धितोमा कर्जा सुविधा २० करोड

दियो पोस्ट  

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा व्यक्तिगत १५ करोड र संस्थागत २० करोड रुपैयाँ बनाएको छ ।

बिहीबार राष्ट्र बैंकले ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ परमार्जन गरी सेयर धितो कर्जाको सीमा बढाएको हो ।

परिमार्जित एकीकृत निर्देशनमा भनिएको छ । ‘कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ कायम गरिएको छ । धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताक लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड रुपैयाँ कायम गरिएको छ ।

यसअघि कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिकको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १२ करोड रुपैयाँ कायम गरिएको थियो ।

लगानीकर्ताहरुको चर्को विरोध र अर्थमन्त्री प्रकाशशरण महतसमेतले यसलाई हटाउनका लागि पहल गरेपछि गभर्नर महाप्रसाद अधिकारी यसमा लचक बनेका हुन् । केही साताअधि उच्चस्तरीय वित्तीय समिति बैठकमा गभर्नर अधिकारीले आफू समस्याको रुपमा रहको भनिएको यी व्यवस्था हटाउनका लागि तयार हुने बताएका थिए । चालु आवको मौद्धिक नीतिले यी विषयमा समयानुकूल पुनरावलोकन गर्ने जनाएको थियो । लगानीकर्ताले यो व्यवस्था हटाउनका लागि सडकसमेत तताएका थिए भने संसद्मा पनि छलफल भएको थियो । पछिल्लो दिनहरुमा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पनि सेयर धितो कर्जाको सीमा पुनरावलोकनका लागि गर्भनर अधिकारीसँग पहल गर्दै आएका थिए ।

बिहीबार आयोजित एक कार्यक्रममा पनि अध्यक्ष हमालले केही दिनमै यो व्यवस्था हट्ने संकेत गरेका थिए । गर्भनर अधिारीले अन्ततः करिब तीन वर्ष अघिदेखिको यो व्यवस्थालाई केही परिमार्जन गरेर लगानीकर्ताहरुको सो व्यवस्थामाथि मिश्रित टिप्पणी गरेका छन् । केहीले यसलाई राम्रो भनेका छन् भने केहीले यसलाई राम्रा भनेका छन् भने केहीले अपुग भएको समेत बताएका छन् ।

आजको कारोबार पत्रिकामा खबर छ ।