डाक्टरको हाजिर भएको तीन दिनमै सरुवा

दियो पोस्ट  

पाल्पा । पाल्पामा डाक्टरको हाजिर भएको तीन दिनमै सरुवा भएको छ । असोज १६ गते पाल्पा अस्पतालमा मेडिकल सुपरीटेनडेन्टका रुपमा आएका डा. किशोर बञ्जाडेको तीन दिनमा नै सरुवा भएको हो । दशौँ तहका एमडिजिपी डा. बञ्जाडेलाई लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले गुल्मी जिल्ला अस्पतालमा सरुवा गरेको हो ।

असोज १६ गते अस्पतालम हाजिरी भएका डा. बञ्जाडेलाई पाल्पा अस्पतालमा रमाना लिएर हाजिर हुँदा प्रदेश स्वास्थ्यमन्त्री खनालसँग सहकार्य नगरेका कारण सरुवा गरिएको स्रोतले जनाएको छ । बञ्जाडे भने लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयबाट सहमति स्वीकृति पत्र लिएर आएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल विकास समितिक अध्यक्ष गुरास आत्रेयको अगुवाइमा बसेको सर्वदलीय बैठकले हाजिर भएको तीन दिनमै गरिएको सरुवा मान्य नभएको बताएको छ । पाल्पाका सम्पूर्ण राजनीतिक दलहरुले गैरकानूनीरुपमा गरिएको सरुवा पाल्पाली जनतालाई मान्य नभएको बताएका छन् । डा. बञ्जाडेले कपिलवस्तु जिल्लामा कार्यरत रहँदा अस्पतालको सुधारमा महत्त्वपुर्ण भूमिका खेलका कारण लुम्बिनी प्रदेशमै अस्पताल प्रथम भएको थियो ।

पाल्पा अस्पताल ११ औँ तहका चिकित्सक ११ जना, मेडिकल अधिकृत ६ जनाको दरबन्दी रहे पनि हाल कन्सल्टेन्ट दुईजना र छात्रावृत्तिमा अध्ययनरत तीनजना मेडिकल अधिकृत कार्यरत रहेको अस्पताल विकास समितिका अध्यक्ष गुरास आत्रेयले जाकारी दिए ।

आजको हिमालय टाइम्स पत्रिकामा खबर छ ।