इजिप्ट बोर्डरमा रहेको ७६ नेपाली विद्यार्थी उद्धारको पर्खाइमा

दियो पोस्ट  

काठमाडौं । इजराइलमा प्यालेस्टाइनी हमास समूहको आक्रमणपछि जोखिम क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सारिएका बेला थप ७६ नेपाली विद्यार्थी इजरायल इजिप्टको बोर्डरमा उद्धारको प्रतीक्षामा रहेका छन् ।

नेपाल सरकारले धेरै नेपालीलाई सुरक्षित स्थानमा सारिएको भनिरहेका बेला आफूहरु भने इजरायल–इजिप्टको बोर्डरमा अलपत्र अवस्थामा रहेको सुरज भण्डारीले जानकारी दिए ।

‘अहिले हामी करिब ७६ नेपाली विद्यार्थी इजरायल इजिप्टको बोर्डर काडेस बर्नियामा छौ,’सुरजले भने, ‘यो मरुभूमि नै हो (रामत नेगेभ), इजिप्ट र इजरायलको सम्बन्धमा मैले पहिले नै भनिसकेको छु, अब सुरक्षित र असुरक्षितको कुरा आफै बुझ्नुहोस ।’

उनले आफू बसेको ठाउँमा ७२ घण्टादेखि विजुली, पानी र इन्टरनेट पनि नरहेको, आसपासमा क्षेत्रमा निशाना बनाइरहेको पनि बताए । यस ठाउँमा कुनै पनि बकर नरहेको र आर्मीहरु त्यहाँ भन्दा गाजा र लेबनानसहित मुख्यमुख्य सहरमा केन्द्रित रहेकाले आफूहरु यहाँँ असुरक्षित रहेको भन्दै तत्काल उद्धार गर्न उनीहरुले माग गरेका छन् ।

‘हामीले हामी रहेका ठाउँमा रहेक इजरायली व्यक्तिसँग यहाँ आक्रमण हुँदा के गर्ने भनेर प्रश्न सोधेका थियौ,’ उनले इजरायली भनाइ उद्धत गर्दै भने, तिमीहरुले अहिले अलुमिनियमको कोठामा छौ, यहाँ बंकर छैन, जमिनबाट आक्रमण भयो भने ३०र४० जना जति यहाँँको सुरक्षाका लागि बसेका छौ, आफ्नो देश हो हाम्रो यो, हामी ज्यानको प्रवाह नगरी लड्छौ, ज्यान जाओस् हामी उनीहरुसँग लड्छौ ।

सुरजले उनीहरुको भनाइ उद्धात गर्दै भने, ‘अब आकाशको कुरा, तिमीहरु बसेको कोठाले हवाई आक्रमण रा्क्दैन, यो आलुमिनियमको कोठा हो, त्यस्तो हुँदा सबै सँगै नबस्नुहोला, जति जना छौ बाहिर (ओपन स्पेस) मरुभूमिमा भाग्नुहोला, त्यस्तो हुँदा बाँँच्ने सम्भावना रहन्छ, अब आफूमाथि तोप गोला पनि नपर्ने भनेको आफ्नो भाग्यको कुरा हो, भाग्यमा कहिलेसम्म लेखेको छ, त्यही हुने हो, सकेसम्म सँगै नबस्नु, बाहिर चारैतिर फिँजिएर मरुभूमिमा भाग्नुहोला ।’

नेपाल सरकार र दूतावासँगको कुराकानीबाट प्रस्ट के देखिन्छ भने यँहा रहेका २ सयभन्दा बढी विद्यार्थीहरुबाट केही २०–२५ जनालाई उद्धार गरेको जस्तो गर्ने बाँकी रहेका विद्यार्थीलाई केही समयपछि लग्ने आश्वासनम यही छाड्न लागेको उनीहरुको बुझाइ रहेको छ । सुरजले भने, ‘यो घटना युक्रेन र रसियाबीचको युद्धका बेलामा पनि भएको देख्न सकिन्छ, यसबाट यो पुष्टि हुन्छ, अन्य विद्यार्थी उद्धार हुनु अगाडि एफुयू तथा टीयूले पनि विद्यार्थी गुमाउनुपर्ने हुन्छ, यस तरिकाले अगाडी बढिरहेको कुराकानी र छलफल हामीलाई मान्य हुँदैन ।’

सबै विद्यार्थी एकै पटक उद्धार गर्ने प्रक्रिया अगाडि बढाउन पनि उनीहरुले सरकारसँग माग गरेका छन् । आफूहरु नजिकै रहेको एक र्फममा पनि ३० जनाभन्दा बढी नेपाली उद्धारको प्रतीक्षामा रहेको सुरजले बताए ।

युद्धका क्रममा बेपत्ता भएका विपीन जोशीको भने अझै स्थिति पत्ता नलागेके इजरायमै रहेका रमेश जोशीले बताए । त्यहाँस्थित नेपाली दूतावासले पनि उसकावे स्थिति पत्ता लगाउन इजरायल सरकारसँग अनुरोध गरेको जनाएको छ । यद्यपि, ठूलो संख्यामा घाइतेहरु उपचाररत रहेकाले उनी जीवितै आशंका पनि गरिएको छ ।

आजको राजधानी पत्रिकामा खबर छ ।

सिफारिस