एमाले कार्यकर्ताद्धारा हवाई सुरक्षाको गम्भीर उल्लङ्घन

दियो पोस्ट  

काठमाडौं । पूर्वप्रधानमन्त्री एंव नेकपा (एमाले) का अध्यक्षय केपी शर्मा ओलीको स्वागतमा एमाले कार्यकर्ताबाट हवाई सुरक्षाको गम्भीर उल्लङ्घन भएको छ । एमाले मधेश प्रदेशको अधिवेशन उद्घाटनका लागि बुधबार काठमाडौंबाट यति एयरलाइन्सको जहाजमार्फत जनकपुर पुगेका अध्यक्ष आलीललाई स्वागत गर्न कार्यकर्ता जहाजको ढोकासम्मै पुगेका हुन् ।

विशिष्ट अथितिलाई स्वागत तथा विदाइ जर्न भि.आइपी कक्ष र धावन मार्ग बाहिरसम्म पाँच जनासम्म मात्र जान पाउने नेपाल उड्डयन प्राधिकारणको नियम उल्लङ्घन गर्दै एमाले कार्यकर्ता सुरक्षा घेरालाई चुनौती दिएर विमानस्थलको धावन मार्गसम्मै प्रवेश गरेका हुन् ।

विमानस्थल भित्र सर्वसाधारण र बोर्डिङ पास नभएका यात्रुलाई समेत उक्त क्षेत्रमा जान अनुमति नहुने भए पनि बुधबार भने बेर्डिङ पास नभएका दलका कार्यकर्ता हवाई सुरक्षाको हिसाबले संवेदनशील क्षेत्रमै प्रवेश गरेका हुन् ।

यस अघि गत वर्ष चैत २७ गते नेपालगन्ज विमानस्थलमा पनि अध्यक्ष ओलीको स्वागत गर्ने क्रममा कार्यकर्ता बुद्ध एयरको ढोकैमा पुगेका थिए । हवाई सुरक्षालाई चुनौती दिँदै कार्यकर्ता धावन मार्गसम्म प्रवेश गरे पनि त्यस बेला नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको सुरक्षामा कडिकडाउ गर्न निर्देशनसहितको देशभरका सबै विमानस्थलाई परिपत्र गरेको थियो ।

नागरिक उड्डयन प्राधिकारणका प्रवक्ता जगन्नाथ निरौलाले पटक पटक कार्यकर्ता जहाजको ढोकैसम्म पुग्नु हवाई सुरक्षाको गम्भीर उल्लङ्घन भएको बताए । उनले भने, बुधबारको घटना हवाई सुरक्षाको दृष्टिकोणले अत्यन्तै संवेदनशील विषय हो । अनुमति नभएका व्यक्ति उक्त निषेधित क्षेत्रमा के कसरी प्रवेश गरे भन्नेबारे जनकपुर विमानस्थल कार्यालयलाई जवाफ मागेका छौं । पत्रको जवाफ आएपछि विमानस्थलको सुरक्षामा थप कडाइ गर्नेबारे प्राधिकरणले निर्णय गर्ने छ ।

जनकपुर विमान स्थल प्रमुख भीमदत्त पन्तका अनुसार एमाले अधिवेशनको लागि शीर्ष नेताहरु जनकपुर पुग्ने भएपछि बुधबार बिहानैदेखि विमानस्थल परिसरमा कार्यकर्ताको भिड जम्मा भएको थियो । उनले भने, बिहान एमाले उपाध्यक्ष ईश्वर पोखरेल विमानस्थलमा पुग्दा समेत कार्यकर्ताले सुरक्षा घेरा नाघेर भित्र प्रवेश गर्न खोजेका थिए । पछि अध्यक्ष ओलीसहित थप १० जना विशिष्ट अतिथि जनकपुर पुग्ने भएपछि विमानस्थलम थप सुरक्षाको प्रबन्ध मिलाएर पनि सुरक्षा निर्देशनलाई तोड्दै कार्यकर्ता जबरजस्ती विमानस्थलभित्र प्रवेश गरेका हुन् ।

सुरक्षाकर्मीले छेक्दाछेक्दै पूर्वमन्त्री, सांसद, नगरप्रमुख, पूर्वप्रमुखलगायत भित्र प्रवेश गरेका र जहाजका यात्रुसमेत सँगै उपस्थित रहेकाले भिड बढी देखिएको उनको भनाइ छ । अध्यक्ष ओलीलगायत काठमाडौं फर्किने समयमा भने सीमित व्यक्तिलाई विशिष्ट कक्षमा प्रवेश गर्न दिइएको बताउँदै हवाई सुरक्षाको उल्लङ्घन भएको विषयमा सुरक्षा निकाय र हवाई कम्पनीसँग छलफल भएको उनले बताए ।

एमाले प्रचार प्रसार विभाग प्रमुख राजेन्द्र गौतमले विमानस्थलको सुरक्षा संवेदनशीलतालाई एमालेले सदैव सम्मान गर्ने र त्यसलाई पालना गर्ने बताए । उनले जनकपुर अध्यक्षलाई स्वाग गर्न जाने नेतृत्व दोषी भएको र अध्यक्षको केही गल्ती नभएको प्रष्ट पारे ।

आजको गोरखापत्र पत्रिकामा खबर छ ।

सिफारिस