कृषि अनुदानको दुरुपयोग

अदुवा पकेटका नाममा निकालिएको अटो बिक्री

दियो पोस्ट  

काठमाडौं । किसानको उन्नतिर र विकासको लागि सरकारले बर्सेनि अबैंको बजेट छुट्याएको हुन्छ । कृषि कार्यक्रम छोटो र लामो समयको लागि भन्दै सञ्चालनमा आएका पनि छन् । बजेट र अनुदान हेर्दा सरकारले किसानप्रति निकै सहानभूति प्रकट गरेको देखिन्छ । प्रदेश सरकार पनि किसानका लागि लोभलाग्दो बजेट लिएर आउँछन् ।

कतिपय ठाउँमा एउटै किसानले प्रदेश कार्यक्रम, वडाको कार्यक्रम, नगरपालिकाको कार्यक्रम, साथसाथै संघीय सरकारको पनि कार्यक्रम पाइरहेका हुन्छन् । वास्तवमा किसानलाई त र्फम दर्ता गर्ने विधि र प्रक्रियाबारे समेत थाहा छैन । न त उनीहरु फर्म दर्ता गरे कर तिर्ने सामथ्र्य नै राख्छन् । त्यस कारण पनि वास्तविक किसानले विभिन्न अनुदान पाउन सकिरहेका छैनन् । असली किसान हो त्यसले कुनै कार्यक्रम पाएको छैनन् । यही अवस्थाका कारण किसानलाई दिने अनुदान कार्यक्रम फलदायी बन्न सकेको छैन भने किसानको नाममा चतु¥याइँ गर्नेहरुले फाइदा उठाइरहेक छन् । जसको उदाहरण बनेको छ इलाम ।

इलाम नगरपालिका–९ मा अदुवा पकेट क्षेत्रका लागि भन्दै कृषि ज्ञान केन्द्रबाट सेतो मालबाहक अटो अनुदानमा निकालियो । २०७५ सालमा कृषि ज्ञान केन्द्रका प्रमुख सालिकराम भट्टराई कार्यलयमा प्रमुख भएको बेला सोही कार्यालयमा आफू लेखाहुँदा महेन्द्र चौहानले अदुवा पकेट क्षेत्रमा प्रयोग गर्ने भन्दै अनुदानमा अटो निकाले । अदुवा पकेट क्षेत्रको लागि कृषि प्रयोजनका नाममा निकालिएको अटो बजारमा कहिले सिमेन्ट ओसारपोसार हुन्छ त कहिले कागतीको व्यापारमा गर्ने गरेको पाइन्छ ।

अनुदानमा लिएको सामान कृषि प्रयोग बाहेक प्रयोग गर्न पाइदैन, त्यस्ता सामानमा कार्यालयको नाम लेखेर अनुदानमा भनेरै खुलाउनै पर्छ तर उक्त अटोमा कृषि ज्ञान केन्द्रको अनुदानमा भन्ने नाम समेत समेट मेटिएको छ । त्यति मात्र हैन अनुदानको दुरुपयोग गर्दै बिक्री समेत गरेको पाइएको हो । कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख टोनी वर्देवाका अनुसार कृषि प्रयोजनका लागि अनुदान लिइएको सात वर्ष सम्म बिक्री गर्न पाइँदैनन । इलाम नगरपालिका नौको अदुवा पकेट क्षेत्रका लागि अनुदानमा लगिएको अटो बिक्री भएको भन्ने थाहा पाएपछि कार्यालयबाट पत्रचार गरेको र फिर्ता समेत भएको बताउँछन् ।

कृषिबाट अनुदान पाएको गाडीमा कृषि ज्ञान केन्द्रको अनुदान भनेर देख्नेगरी नाम लेखिएको हुन्छ र अनुदान लिएको सात वर्षसम्म बिक्रि गर्न नपाउने उनको भनाइ छ । यता अदुवा पकेट क्षेत्रमा अनुदानका लागि सवारी लगेका महेन्द्र चौहान आफूले दुरुपयोग नगरेको बताउँछन् । उनले केही दिन अघि ड्राइभरले कागती बेच्न बजारमा लगेको स्वीकार गरे पनि सिमेन्ट बोक्न प्रयोग नभएको दाबी गर्छन् । बिक्री गरेको विषयम उनले अहिलेसम्म आफूले बिक्री नगरेको बताए पनि कृषि ज्ञान केन्द्रको पत्र काटेपछि फिर्ता गरेर बिक्री नगरिएको भन्दै आफ्नै नाममा रहेको दाबी गर्दै आएका छन् ।

उता गाडिमा कृषि ज्ञान केन्द्रको अनुदान भनेर लेखेको मेट्नुभएछ, नि भन्ने प्रश्नमा ड्राइभरले गाडी राम्रो बनाउन स्टिकर टालेको भन्ने गैरजिम्मेवार जवाफ दिए । उनले अहिले गाडी बनाउन बिर्तमोड लगेको बताउँदै आएका छन् तर अनुदानमा लिएका उक्त सवारी फेरि पनि बेचेको बुझिएको छ ।

आजको राजधानी पत्रिकामा खबर छ ।