तारीपानीबाट प्याराग्लाइडिङ उडान सुरु

दियो पोस्ट  

पोखरा । पोखरा तोरीपानी बाहकोटबाट आइतबारदेखि प्याराग्लाइडिङ उडान सुरु भएको छ । पोखरामा विगत साढे ९ महिना देखि स्थानान्तरण भएको प्याराग्लाइडिङ घटस्थापनाको दिनदेखि पोखरा–२४ को मान्दे्रढुंगाबाट सुरु भएको हो । पोखरा अन्तर्राष्ट्रिय संघ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयपछि तातोपानी बाट उडान सहमति प्राप्त भएसँगै यतिबेला स्थानीय, पाइलट एंव व्यवसायी र कम्पनीहरुसमेत खुसी भएका छन् ।

प्याराग्लाइडि पाइलट पर्यटकहरुलाई स्थानीय आमा समूह, तातोपानी युथ क्लबलगायतका संघसस्थाहरुले फूलमाला खादा तथा अबिर लगाएर स्वागत गरेका थिए । आफ्नो गाउँको पहिचानसहित गाउँबाटै प्याराग्लाइडिङ उडान हुने हुँदा आफ्नो गाउँको साहसिक खेलले पर्यटन प्रर्वद्धन हुने स्थानीय पर्यटन व्यवसायी प्रेमबहादुर तिमिल्सिनाले बताए ।

आफ्नो क्षेत्रबाट साँढे नौ महिनामा स्थानान्तरण भएको प्याराग्लाडिङ पुनः उडान गर्न अनुमति पाएसँगै सुरु भएको तातोपानी युथ क्लबका अध्यक्ष वसन्तबहादुर तिमिल्सिनाले बताए ।
तातोपानी, बहाकोट क्षेत्रको टेकअफमा मर्मत–सम्भार एंव सरसफाइसहित कार्पेट बिच्छ्याएको अध्यक्ष भट्टराईले जनाए । एरोनोटिकल इन्फरमेसन पब्लिकेसन (एआइपी) मा तोरीपानीबाट पोखराको प्याराग्लाइडिङ र्गन उपयुक्त छ भनी अनुमतिसहितको सूचना प्रकाशन भएसँगै अब आफूहरु आफ्नो आन्तरिक तयारी गरी पहिलाकै स्थानबाट प्याराग्लाइडिङ गर्न भएको अध्यक्ष भट्टराईले बताए । अब आफूहरुलाई पोखराको आकाशमा पहिलेको तुलनामा केही बढी क्षेत्र प्राप्त गरेसँगै अब ल्यान्डिङको विषयमा पनि पहिलाकै स्थान पखौदीमा अवतरणका लागि माग गरिएको महासचिव खेमराज आचार्यले बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण हाल पोखरामा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मको लागि नेपाल नागरिक उड्डयन प्राधिकारण (क्यान)ले अनुमति दिएको छ । आफूहरुले क्यानसहित पर्यटन विभाग तथा मन्त्रालयहरुमा पोखराबाट सोलो प्यााराग्लाइडिङ गर्नेसमेत अनुमति माग गरेको महासचिव आचार्यले बताए । पोखरामा फस्टाउँदै आएको साहसिक खेल प्याराग्लाइडिङ स्थानान्तरण भएसँगै हिजोआज करिब पाँच गुणाले खस्केको व्यवसायीहरु बताउँछन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपूर्व पोखराबाट दैनिकजसो ५ सय आन्तरिक तथा बाह्य पर्यटकहरुले प्याराग्लाइडिङ गर्दै आए पनि हाल स्थानान्तरण भएसँगै पहिलेको तुलनामा पाँच गुणाले घटेर १ सय जनाको हाराहारीमा पुगेको प्याराग्लाडिङ पाइलट रेवतीरमण पहारीले बताए ।

नेपाल प्याराग्लाडिङ पाइलट क्लबका अध्यक्ष दीपक थापाले बाटोको कारण, मौसमको कारण मान्द्रेढुंगाभन्दा करिब २ सय मिटरमाथिको उच्च भागमा रहेको तातोपानीबाट प्याराग्लाइडिङ गर्दा केही सहज हुने विश्वास व्यक्त गरे । फेवतालको माथिल्लो भागमा प्याराग्लाइडिङ गर्दा र तालको छेउमै ल्यान्डिङ गर्न यसले थप सुरक्षा हुने प्राविधिक विशाल थापाले बताए । कम्पनीमा सञ्चालक एंव महिला पाइलट शर्मिला शर्माले पुनः तोरीपानीबाट उडान गर्न पाउँदा आफूहरु निकै उत्साहित भएको बताइन् ।

आजको कारोबार पत्रिकामा खबर छ ।