बैंक अफ चाइनाका पूर्वअध्यक्ष लिऊ पक्राउ

दियो पोस्ट  

काठमाडौं । घुस लिएको र गैरकाननी ऋण दिएको आरोपमा बैंक अफ चाइनाका पूर्वप्रमुख लिऊ पक्राउ परेका छन् ।

गत मार्चमा अध्यक्ष पदबाट राजीनामा दिएको एक हप्तापछि उनीमाथि भ्रष्टाचारको आरोप लागेको थियो । उनी सन् २०१९ देखि बैंक अफ चाइनका अध्यक्ष थिए । लिऊमाथि गैरकानुनी रुपमा ऋण दिने, प्रतिबन्धित प्रकाशनहरु देखमा ल्याउने, बैंकमा आफ्नो पद प्रयोग गरी घुस लिने, निजी क्लबहरु र स्की रिसोर्टमा निमन्त्रणा जस्ता अन्य सुविधा स्वीकार गर्ने आरोप लागेको छ ।

६२ वर्षीय लिऊ राष्ट्रपति सी चिनफिङको भष्टाचारविरोधी अनुसन्धानमा फसेका सबैभन्दा वरिष्ठ बैंकरमध्ये एक हुन् । चीनमा यसअघि पनि सरकारी स्वामित्वका बैंकरहरुका उच्च पदस्थ अधिकारीहरुलाई जरिवाना तथा जेल सजाय सुनाइसकिएको छ । यसअघि चाइना लाइफ इन्स्योरेन्सका पूर्वअध्यक्ष वाङ बिनलाई घुसखोरीको लागि विना प्यारोलको जेलमा आजीवन जेल सजाय सुनाएको छ ।

आजको आर्थिक अभियान पत्रिकामा खबर छ ।

सिफारिस