हमासद्वारा पहिलो पटक इजरायली बन्धकको भिडियो सार्वजनिक, भिडियोमा के छ ? (भिडियोसहित)

दियो पोस्ट  

हमास समूहले पहिलो पटक इजरायलबाट बन्धक बनाएर गाजामा राखिएकी एक बन्धक युवतीको भिडियो सार्वजनिक गरेको छ ।

अक्टोबर ७ को हमलापछि हमासको यो पहिलो भिडियो हो । हमासले १ सय ९९ जनालाई बन्धक बनाएको इजरायलले जनाएको छ ।

भिडियोमा एक युवतीले आफ्नो नाम माया शेम रहेको बताएकी छन् । २१ वर्षकी उनी इजरायलको शोहम शहरकी बासिन्दा हुन् । इजरायलको एउटा पार्टीबाट हमासले आफूलाई बन्धक बनाएको उनले बताएकी छन् ।

उनले भिडियोमा आफ्नो रिहाइका लागि अपिल गरेकी छन् । भिडियोमा उनको हातमा चोट लागेको र उपचार भइरहेको फुटेज पनि समावेश छ ।

इजरायली सेनाले मायालाई हमासले अपहरण गरेको र सेना उनको परिवारसँग सम्पर्कमा रहेको पुष्टि गरेको छ । सेनाले विज्ञप्तिमा भनेको छ, ‘यस समयमा हामी सबै बन्धकहरूको फिर्ताको लागि सबै गुप्तचर जानकारी र उपायहरूबारे काम गरिरहेका छौँ ।’

 

सिफारिस