चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन

दियो पोस्ट  

काठमाडौं । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ।
उनको आज बिहान सांघाईमा हृदयाघातका कारण निधन भएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका थिए ।

ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए । उनी चिनियाँ  क्याबिनेटको स्टेट काउन्सिल प्रमुख थिए ।

स्थानीय समय अनुसार गए राति १२ः१० मा उनलाई मृत घोषणा गरिएको थियो ।

उनको ६८ वर्षको उमेरमा निधन भएको हो ।

सिफारिस