सडक नबनेपछि सांसद ठेकेदारको फोटो टाँसेर खोजी

दियो पोस्ट  

काठमाडौं । ठेक्का लिएको डेढ वर्षसम्म पनि निमार्णले गति नलिएपछि सुर्खोतमा स्थानीयले फोटो टाँसेर ठेकेदारको खोजी गर्दै विरोध गरेका छन् ।

दैलेख २ बाट प्रतिनिधिसभामा निर्वााचित सांसद दिक्पाल शाहीको पश्चिम सुर्खेतका स्थानीयले पोस्टर लगाएर खोजी गरेका हुन् । मदन भण्डारी राजमार्गअन्तर्गत बड्डीचौर–गुटु–बेनिघाट सडक खण्ड अन्तर्गतको खम्बा गाडेसम्म १३ किलोमिटर सडक कालोपत्रेका लागि अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख रुपैयाँमा ठेक्का लिएको छ । निमार्ण कम्पनी र पूर्वाधार विकास निर्देशनालय सुर्खेतबीच २०८१ असार २४ गतेभित्र सडक कालोपत्रे सम्पन्न गर्ने गरेर २०७९ असार १४ गते सम्झौता भएको थियो । सम्झौता सकिन करिब नौ महिनामात्रै बाँकी छँदासम्म उक्त योजनामा भने जम्मा १३ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । पूर्वाधार विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी हरि शर्मा धितालका अनुसार केही कटिङ, ग्राभेललगायत गरेर १३ प्रतिशतमात्रै काम भएको छ ।

ठेकेदार कम्पनीले भने आईई रिपोर्ट र रुख कटान ढिलाइ भएका कारण काम अघि बढाउन नसकेको प्रतिक्रिया दिएको छ । प्रतिनिधिसभा सदस्य दिक्पाल शाही सरकारकै कारण ढिलाइ भएको भन्दै आफ्नो फोटो टाँसिएको प्रति आपत्ति प्रकट गरेका छन् ।

यता निर्देशनालयका सूचना अधिकारी धिताल भने सरकार पक्षबाट पनि केही ढिलाइ भएको स्वीकार गर्दै ठेकेदार कम्पनीले भने त्यसैले देखाएर गर्न मिल्ने काम पनि नगरेको बताउँछन् । ‘रुख कटान र आईईमा केही ढिलाइ भएको हो तर चार किलोमिटरमा समस्या छैन उक्त खण्डमा काम गर्दै गरेको भए त्यतिबेलासम्म प्रक्रिया टुँगिसक्थ्यो ।’ निर्माण कार्य अगाडी बढाउन ठेकदार कम्पनीसँग छलफल भएको र तिहारलगतै काम सुरु हुने उनले बताए । प्रतिवेदनअनुसार ८९५ रुख कटान गर्नुपर्ने छ । रुख कटानको लागि संघीय सरकारको मन्त्रिपरिषद्ले निर्णय गरेर स्वीकृति दिनुपर्ने हुन्छ ।

आजको कारोबार पत्रिकामा खबर छ ।