अभिनेता गोविन्दालाई गोली लाग्यो, कस्तो छ अवस्था ?

दियोपोस्ट संवाददाता  

काठमाडौं । बलिउड अभिनेता गोविन्दालाई आफैंले बोकेको पेस्तोलको गोलि लागेको छ । मंगलबार बिहान करिब ४ः४५ बजे खुट्टामा गोली लागेर उनी घाइते भएका छन् । गोविन्दा मुम्बईस्थित आफ्नो घरमा पेस्तोल सफा गर्दै गर्दा उनको खुट्टामा गोली लागेको बताइएको छ ।

मुम्बईस्थित बीबीसीका सहयोगी पत्रकार मधु पालका अनुसार उनकी श्रीमती सुनिता घरमा थिइनन् । उनी जयपुरमा थिइन् तर खबर सुन्नेबित्तिकै त्यहाँबाट निस्किन् ।

उनले आफ्नो लाइसेन्स प्राप्त पेस्तोल कभरमा राख्दै गर्दा आफ्नो खुट्टामा खसेर गोली लागेको हो । डाक्टरहरूले उनको खुट्टाबाट गोली निकालेका छन् भने अहिले उनी पूर्णतया स्वस्थ छन् ।

TATA ADD