
काठमाडौं । सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले तीन खेलको टी – २० आई सिरिज एक खेलअगावै जितेको छ। नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७० रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो।
सुपर ओभरमा सोमपाल कामीले २ रन दिँदा लगातार दुई विकेट लिए। सुपर ओभरमा कप्तान रोहित पौडेल र कुशल भुर्तेल क्रिजमा आएका थिए। नेपालले पहिलो खेलमा अमेरिकालाई १७ रनले हराएको थियो। सिरिजको अन्तिम खेल सोमबार बिहान हुनेछ। पाहुना टोलीले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय १६९ रन मात्र बनाउन सक्यो। टी- २० सिरिजपछि नेपाली टोलीले आईसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिज खेल्नेछ।