नेपाल र बंगलादेश बीचको फाइनल खेलको टिकट बुधबार बिक्री गरिने

दियोपोस्ट संवाददाता  

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा बुधबार साँझ साढे ६ बजे हुने फाइनल खेलको टिकट अब अनलाइनबाट बिक्री नहुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि टिकट बिक्रीको अधिकार दिएको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट प्रालिसँगको टेन्डर रद्द गर्दै आफै टिकट बिक्री गर्ने भएको हो।

एन्फाले बुधबार बिहान चार स्थानबाट टिकट बिक्री गरिने बताएको छ।

जसमा जावलाखेल खेल मैदान, एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकालीस्थित आर्मी अफिसियल केन्द्र र रंगशालाबाट टिकट बिक्री गरिनेछ। जसमा साधारणतर्फ ५ सय दरको १० हजार र भिआइपीतर्फ एक हजार दरको एक हजार गरी कुल ११ हजार टिकट बिक्री गरिने एन्फाको भनाइ छ।

यसअघि फाइनलका लागि अनलाइबाट साधारणतर्फ ४१ सय र भिआइपीतर्फ एक हजार भन्दा बढी टिकट बिक्री भइसकेको थियो। तर सो टिकटको रकम अब फिर्ता गरिने भएको छ।

भारतविरूद्धको सेमिफाइनलमा क्षमताभन्दा बढी दर्शक छिराएका कारण सुरक्षा खतरा बढेको भन्दै एन्फाले माउन्ट एभरेस्ट प्रालिसँगको सम्झौता रद्द गरेको थियो।

८० लाखमा टेन्डर लिएको प्रालिले आइतबार १८ हजार बढी टिकट बिक्री गरेको रिपोर्ट सार्वजनिक भएको थियो। जबकी रंगशालाको क्षमता १४ हजारको हो।

TATA ADD