पूर्वसभामुख कृष्णबहादुर महरालाई अदालतमा उपस्थित गराइँदै

दियोपोस्ट संवाददाता  

काठमाडौँ । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न पूर्वसभामुख कृष्णबहादुर महरालाई अदालत उपस्थित गराउन लागिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो ।

सीआईबीका एसएसपी शिव कुमार श्रेष्ठका अनुसार महरालाई म्याद थप गर्न सरकारी वकिलमार्फत प्रहरीले सोमबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो । महरालाई कानुन बमोजिम अनुसन्धान अघि बढाइने उनले बताए ।

सीआईबीले महरालाई २०८० चैत ५ मा पनि पक्राउ गरेको थियो । त्यसबेला बयान प्रक्रिया पूरा गरेर उनी हाजिर जमानीमा रिहा भएका थिए ।

सुशीला कार्कीको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद् गठन र सीआईबीको नेतृत्व परिवर्तन भएसँगै महरा १८ महिनापछि महरा पूनः पक्राउ परेका हुन् ।

महरा सोमबार ललितपुरको खुमलटारस्थित निवासबाट पक्राउ परेका थिए ।