विश्व मार्सल आर्ट्समा सहभागी हुन भूपेन्द्र गुरुङ अमेरिका जाँदै

दियोपोस्ट संवाददाता

काठमाडौं । मार्सल आर्ट्स खेलाडी भूपेन्द्र गुरुङ ‘विश्व खुला मार्सल आर्ट्स’ च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुन अमेरिका जाने भएका छन् । अमेरिकाको बोस्टनमा अक्टोबर २६ तारिखमा हुन लागेको प्रतियोगितामा सहभागी हुन उनी अक्टोवर २३ तारिखमा अमेरिका तर्फ प्रस्थान गर्ने भएका हुन् ।

वल्र्ड फाइटिङ मार्सल आर्ट्स फेडरेसनको आयोजनामा हुने प्रतियोगितामा भूपेन्द्रले ३ विधामा प्रतिस्पर्धा गर्ने बताइएको छ । उनले छाङ छ्वान, ताइची र म्युजिकल फम्समा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

अमेरिकामा भूपेन्द्रले दोश्रोपटक खेल्न लागेका हुन् । यसअघि उनले अमेरिकाको विभिन्न शहरमा भएका ३ प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा भूपेन्द्रले ३ स्वर्ण र ३ रजत पदक जितेका थिए ।

भूपेन्द्रले जर्मनी, युके र थाइल्यान्डमा भएका प्रतियोगितामा पनि पदक जितेका छन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् ।

भूपेन्द्रलाई राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका महासचिव कुमार बस्नेत, नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राई, उपाध्यक्ष रमेश महर्जन र कोषाध्यक्ष सूर्य तामाङले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे ।

 

सम्बन्धित खबर