हङकङमा विमान दुर्घटना : दुई जनाको मृत्यु

दियोपोस्ट संवाददाता  

काठमाडौं । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ ।

मृतक दुबै जना विमानस्थलमा कार्यरत ‘ग्राउन्ड स्टाफ’ (जमिनमा काम गर्ने कर्मचारी) भएको स्थानीय सञ्चारमाध्यमहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विमान उनीहरू सवार सवारीसाधनमा ठोक्किएपछि नियन्त्रण गुमाउँदै समुद्रमा खसेको बताइएको छ । दुर्घटनापछि विमानका चार चालकदल सदस्यहरूलाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको छ ।

सिफारिस