नेपाल टेलिकमको अटम अफर : सस्तो दरमा भ्वाइस, डाटा र कम्बो प्याक उपलब्ध

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल टेलिकमले अटम अफर २०८३ अन्तर्गत विभिन्न डाटा तथा कम्बो प्याकेजहरूलाई थप आकर्षक बनाएर सञ्चालनमा ल्याएको छ । कम्पनीले सेवाग्राहीहरूको सहजताका लागि विभिन्न नयाँ भ्वाइस तथा डाटा प्याकेजहरू सार्वजनिक गरेको हो।

नयाँ अफरअन्तर्गत उपलब्ध सुविधाहरू र प्याकेजहरू

अल नेट भ्वाइस प्याक: रु ३५, ४९, ९८, १८९ र २९९ मा क्रमशः १०१, १११, २२२, ३३३ र ६६६ मिनेटका भ्वाइस प्याकहरू उपलब्ध छन् । यी प्याकहरूको समयावधि १, ३, ७, ३० र ३० दिनको रहनेछ।

सजिलो अनलिमिटेड प्याकेज : रु ६९९ को प्याकेज  ३० दिन समयावधि भएको यस प्याकमा अनलिमिटेड अल नेट भ्वाइस, ३० जीबी डाटा र २०० अल नेट एसएमएस प्रयोग गर्न सकिनेछ।

रु १ हजार४९९ को प्याकेज : ३० दिन समयावधि भएको यस प्याकमा अनलिमिटेड अल नेट भ्वाइस, ६०० जीबी डाटा र ३५० अल नेट एसएमएस उपलब्ध हुनेछ।

पोस्टपेड प्रयोगकर्ताका लागि :  पोस्टपेड प्रयोगकर्ताहरूले रु ३७३ रेन्टल चार्जमै विभिन्न प्रकारका भ्वाइस, डाटा तथा कम्बो प्याकहरू प्रयोग गर्न सक्नेछन् ।

अन्य प्याकेजहरू : यसबाहेक बन्डल्ड प्याक, एड अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक, एफटीटीएच प्याक र फरक क्षमता भएका व्यक्तिहरूका लागि छुट्टै विशेष प्याकेजहरू पनि उपलब्ध गराइएको छ।

कसरी लिने सेवा ?
यो अटम अफर असोज २६ देखि नै लागु भइसकेको छ । ग्राहकहरूले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर वा ‘नेपाल टेलिकम’ (Nepal Telecom) एप प्रयोग गरेर यी प्याकेजसम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् । साथै, कम्पनीको आधिकारिक वेबसाइट www.ntc.net.np बाट पनि यससम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ।