सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा क्षितिज जनजागृत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

दियोपोस्ट संवाददाता

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले शंखरापुर नगरपालिका-५, पालुबारीस्थित श्री क्षितिज जनजागृत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सानिमा रिलायन्सले विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने तथा शैक्षिक सामग्रीको उपलब्धतामा सहजता ल्याउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयलाई कापी र पेन्सिल सहयोगस्वरूप प्रदान गरिएको हो।

कार्यक्रममा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका क्षेत्रीय प्रबन्धक नरेश कुमार थापा तथा साँखु उपशाखा प्रमुख रोजिना मानन्धरको साथै कम्पनीका अभिकर्ता तथा कर्मचारीहरूको समेत सहभागिता रहेको थियो । उक्त सहयोगले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ।