विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

दियोपोस्ट संवाददाता

उदयपुर । दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको मृत्यु भएको छ । त्रियुगा नगपालिका-१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मंगलबार साँझ करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्‍याइए पनि त्यसअघि नै उनको मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो ।

प्रहरीका अनुसार, चौधरीको शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने काम भइरहेको छ ।