कुमारी बैंकको २.१० प्रतिशत लाभांश पारित

दियोपोस्ट संवाददाता

काठमाडौँ । कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभाले शेयरधनीलाई २ दशमलव १०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार (आज) काठमाडौँमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई करसहित कुल २ दशमलव १०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाबलगायत वित्तीय विवरणसमेत पारित गरेको बैंकले जनाएको छ ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभरका २७९ शाखा, २९४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।

बैंकले आगामी दिनमा पनि ग्राहकलाई सरल, सुलभ र उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्न विभिन्न सहकार्य तथा सेवा विस्तारलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित खबर