काठमाडौं, १२ कात्तिक । बहुचर्चित इएलक्लासिकोमापनिबार्सिलोनाले रियल म्याड्रिडलाई शर्मनाकहार चखाएको छ । गएरातीभएको खेलमाआफ्नै मैदानमाबार्साले रियललाई ५–१ गोल अन्तरको फराकिलो हार चखाएको हो । पहिलो हाफमैं २–० गोलको अग्रतालिएको थियो । खेलको ११ औं मिनेटमा फिलिम काउटिन्होको गोलमाबार्सिलोनाले अग्रताबनायो । ३० औं मिनेटमा भिआरको सहयोगमाबार्सिलोनाले प्राप्त गरेको पेनाल्टीमा लुइस सुआरेज चुकेनन् दोस्रो हाफमा७मिनेटजति खेलमाफर्कन खोजेको थियो । मार्सेलोले उत्कृष्ट गोल पनि गरे । तर रियलका फरवार्डहरुले गरेको प्रयास खेर गइरहे ।
बार्सिलोनाले निरन्तर दबाब राख्यो ।
७५ औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दा रियल ३–१ गोलले पछि पर्न पुग्यो । तर, बार्सिलोनायत्तिमै रोकिएन ८३ औं मिनेटमा सुवारेजले गोल गरी ह्याट्रिक पूरा गरे । पुनःबार्सिलोनाले हाबीहुन छोडेन दोस्रो हाफपछि मैदानमा छिरेका डेम्बेलेको पासमा अर्टुरो भिडालले पोष्ट नजिकैबाट हेड गोल गरेपछि बार्सिलोना ५–१ गोलको फराकिलो जितहातपार्न सफलभयो । मेसी नभएको इएलक्लासिकोमासर्जियो रोबर्टो, जोर्डी अल्बाले सानदार खेल देखाएकाथिए । रियलकालागि गेराथ बेल, करिम बेन्जमाले राम्राअवसर पाएपनिगोलमा परिणत गर्न सकेनन् ।
नवौं स्थानमापुग्यो रियल
पछिल्लो समय खराब लयबाट गुज्रेको रियल अंकतालिकमानवौं स्थानमापुगेको छ भने बार्सिलोनाले पुनःपहिलो स्थनमाकब्जाजमाएको छ । १० खेलबाटबार्सिलोनाले २१ अंकजोड्दा यत्ति नै खेल खेलेको रियलले १४ अंकमात्रजोडेको छ र बार्साभन्दा सातअंकले पछि परेको छ ।
दोस्रो स्थानमाअलाभेस, तेस्रोमा सेभिल्ला, चौथोमाएथलेटिको म्याड्रिड, चौथोमा स्मानियोल, पाँचौमा भालाडोलिड, सातौमा डेभान्टे, आठौंमा गेटाफेपछि रियल नवौं स्थानमा छ । १० मध्ये रियलले चार जितचार हार दुईमा बराबरीको नतिजानिकालेको छ । पछिल्ला खेलमासेभिल्लासँग ३–०, एथलेटिको म्याड्रिडसँग गोलरहित बराबरी, अलाभेसँग एक शुन्यको पराजय, लेभान्टेसँग २–१ को पराजयपछि बार्सिलोनासँग ५–१ गोलको पराजय बेहोरेर खराब लयबाट गुज्रेको हो ।