नेपाल छिरेर मार्नेहरुको यस्तो नालिबेली

दियो पोस्ट  

काठमाडौं, कार्तिक १४ । सुनसरीको दक्षिणवर्ती हरिनगर, ४ रामनगर भुटाहा बजारमा असोज ४ गते बिहीबार मारिएका मौलाना खुर्सिद आलमका हत्याराहरुको प्रहरीले पहिचान गरेको छ ।

हत्याअघि त्यसमा संलग्न व्यक्तिहरु विराटनगरको एक होटलमा बसेको स्रोतको दाबी छ । विराटनगरमा ४ दिन बस्दा हत्याराहरुले उनको गाउँ र बजारमा रेकी गर्दैै गरेको सिसिटिभी फुटेजले बताउँछ ।

घटनाको छानविनका लागि सरकारले एसएसपी किशोर दाहालको संयोजकत्वमा समिति गठन गरेको थियगे । जसमा एसपी रेशमकुमार थेन्सु, गुप्तचरका उपअनुसन्धान निर्देशक तुलसी प्रसाईँ, उपसचिव रविन्द्र आचार्य र शाखा अधिकृत राजन पाण्डे थिए ।

तर, भारतीय अपपराधिहरु पहिचान गर्ने क्रममा मोरङ प्रहरीको सहयोग लिएर उक्त समितिले काम गर्दा आंशिक परिणाम हात लागेको बताउछन् ।

खुर्सिदको हत्या गरी भारततर्फ भागेका सुटरहरुको सिसिटिभीमा सुटरहरु भाग्दै गरगेको दृश्य रेकर्ड कायम छ । त्यसमा देखिने हुलिया र बिराटनगरमा देखिने एक होटलको सिसिटिभिमा देखिएको अनुहार मिलेपछि प्रहरीले विराटनगर हुँदै त्यहाँ पुगेको निष्कर्ष निकालेको हो । बुधबारको जनआस्थामा छापिएको छ ।

TATA ADD