जन्मदिनको केक संस्कृतिलाई सुदेशको यस्तो चुनौती, सौगातलाई पठाए शैक्षिक सामग्री र लत्ताकपडा

जन्मदिनको केक संस्कृतिलाई सुदेशको यस्तो चुनौती, सौगातलाई पठाए शैक्षिक सामग्री र लत्ताकपडा

काठमाडौं, कार्तिक १४ । नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियुका सचिव सुदेश पराजुलीले आफ्नो जन्मदिनको अवसरमा आफूले अभिभावकत्व ग्रहण गरेको विद्यालय दाङ जिल्ला तुलसिपुरमा रहेको महेन्द्र उच्च माध्यामिक विद्यालयका विपन्न परिवाका ७ वर्षिय सौगात सुनारलाई शैक्षिक सामग्री र जाडोका लागि लत्ताकपठा पठाएका छन् ।

जन्मदिनको अवसरमा केक काट्ने कम्युनिष्ट पार्टीभित्रै हुर्कदै गएको संस्कृतिलाई चुनौती दिदै उनले फरक ढंगले यो वर्षको जन्मदिन मनाएका हुन् ।

उनले आफ्नो जन्मदिनको अवसर पारी असल र सकारात्मक बाटोलाई अगाल्ने अठोट अबका दिनमा नकारात्मक पक्षलाई नदोहोराउने सङ्कल्प गर्दै सौगातलाई शैक्षिक सामग्री र लत्ताकपडा उपलब्ध गराएको हो । उनले १ वर्षअघि गएको शैक्षिक सत्रमा सञ्चालन गरेको भर्ना अभियानका क्रममा सौगातको अभिभावकत्व ग्रहण गरेका थिए ।

नेपाल सरकारले एक बर्ष अगाडी बिधार्थी भर्ना महाअभियान घोषणा गरि सन्चालन गरेको थियो। आफूले यस्तै सामाजिक कार्यहरु जिबनको अन्तिम पलसम्म पनि गरिरहने अठोट पनि गरेका छन् ।

उनले बालक सौगातलाई स्कुलमा चाहिने शैक्षिक सामाग्रीहरु स्कुल ड्रेस, आवश्यक कपडाहरु पठाएका हुन् । अनेरास्ववियु दाङ्का नेताहरु बर्षात भन्डारी ,प्रकाश शर्मा ,रबिन ओलि ,प्रकाश रावत युवा संघका नेता हरिकृष्ण ओलि लगगायत मार्फत उनले सौगातलाई सामग्री पठाएका हुन् ।

Trending News