काठमाडौं, १५ असोज । प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महरा यौनदुर्व्यवहार र बलात्कारको गम्भिर आरोप सामना गरिरहेका छन् । आरोपपछि राजिनामा दिएका महराको विषयमा कान्तिपुरका कार्टुनिष्ट अविनले सजिव कार्टुन बनाएका छन् । जसमा महराको इज्जत एउटी महिलाले क्षणभरमै कसरी सिद्ध्याइदिइन् भन्ने विषय उठाइएको आभाष हुन्छ ।
प्रकाशित कार्टुनमा महिलाले महरा जस्ता देखिने भिभिआइपीतर्फ औंला देखाउँदै भनेकी छिन्, ‘ऊ बलात्कारी हो ।’ भिभिआइपी रिसाएका देखिन्छन् । सुरुवालको तुना खोलिएको छ तर शरीरबाट बाहिर निकालिएको छैन ।
अनि त्यही कार्टुनको भाग २ मा चाहिँ भिभिआइपी नाङ्गेझार भइसकेका छन् । शरीरमा एकथान भित्री कपडाबाहेक अरु कुनै कपडा बाँकी छैन ।
त्यसपछि भने महिलाले शान्त स्वभावमा भनेकी छिन्, …भनेर म भन्दिन ।’
सोमबार नै हाम्राकुरा डटकम मार्फत रोशनी शाहीले सभामुख महरामाथि बलात्कार आरोप लगाएकी थिइन् । त्यसपछि सुरु भएको घटनाक्रमले मंगलबार मध्यान्हसम्म सभामुख महराको राजनीतिक र पदीय हैसियत सकिइसकेको थियो ।
तर मंगलबार साँझ एकाएक घटनाले ‘यु टर्न’ गर्यो । यौन अपराधको आरोप लगाएकी महिलाले आफू मानसिक रोगी भएको भन्दै समायोजनमा अन्तै परेकाले रिसको झोंकमा महरालाई त्यस्तो आरोप लगाएको बताइन् ।
त्यस दिन महरा त्यहाँ नआएको भन्दै आफ्नै बयानबाजीविरुद्ध आँफैले बयान फेरिन् । यही घटनाक्रमलाई कार्टुनिष्ट अविनले ज्यादी सजीव ढङ्गले प्रस्तुत गरेका छन् ।
हेर्नुहोस्, कान्तिपुरमा प्रकाशित अविनको यो कार्टुन ।