टि–ट्वान्टी वरियतामा नेपाल एक स्थान खस्किँदै १२ औँ स्थानमा

Diyo post  

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टीको वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

आईसीसीले बुधबार अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल एक स्थान झर्दै १२ औं स्थानमा पुगेको छ । अघिल्लो महिना नेपाल ११ औं स्थानमा रहेको थियो ।

नयाँ वरियता अनुसार नेपालले १७ खेलबाट १९४ रेटीङ अंक पाएको छ ।

नेपालले अहिले सिंगापुरमा त्रिकोणात्मक टी(ट्वान्टी सिरिज खेलिरहेको छ । जसमा नेपालले ३ खेलमा १ जित हासिल गरेको छ ।

नयाँ वरियतामा नेपाललाई पछि पार्दै स्कटल्याण्ड ११ औं स्थानमा उक्लिएको छ ।

एसोसियट राष्ट्र मध्यको टी(ट्वान्टी वरियतामा नेपाल दोस्रो स्थानमा रहेको छ । यस्तै नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् ।

टी(ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् । दक्षिण अफ्रिका तेस्रो र भारत चौंथो स्थानमा रहदा अष्ट्रेलिया पाँचौ स्थानमा रहेको छ ।

एकदिवसीय वरियतामा भने नेपाल यथावत रहदै १७ औं स्थानमा रहेको छ ।

सम्बन्धित खबर