सांसद बिशंखे भन्छन्, ‘चन्द्रागिरिको विकासमा हरपल साथ र सहयोग हुने छ’

दियो पोस्ट  

काठमाडौं,असोज १६ । नेपाल कन्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सासंद अन्जना बिशंखेले सम्बृद्ध चन्द्रागिरि नगरपालिका वडा नंबर २ को विकास लगाएत अन्य क्षेत्रमा सहयोग गर्ने बताएका छन् ।

चन्द्रागिरि नगरपालिका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वडा नंबर २ पार्टी कमिटीद्वारा आयोजित दशैँ, तहार, छठ तथा नेपाल संवत ११४० को सुभ अवशर पारेर आयोजना गरिएको सुभकामना आदन प्रदान तथा चियापान कार्यक्रममा नेपाल कन्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सासंद अन्जना विशंखेले सम्बृद्ध चन्द्रागिरी नगरपालिकाको वडा नंबर २ लाई विकास गर्न र अन्य क्षेत्रमा समेत योगदान पुर्याउने बताएका छन् ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका सासंद अन्जना विशंखे को प्रमुख आतिथ्यमा र श्री धर शर्मा सिग्देलको सभापतित्वमा साथै विशेष अतिथीका रुपमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा काठमाडौं जिल्ला सह ईन्चार्ज सुरेन्द्र मानन्धरको सहभागितामा र अतिथिहरु प्रदेश सांसदहरु रमा आले मगर, बेलिमाया घले र चन्द्रागिरि नगरपालिका प्रमुख घनस्याम गिरी र ३ नंबर प्रदेश सदस्यहरु, काठमाडौं जिल्ला सदस्यहरु साथै वडाका बडादस्यहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो ।